Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धादिङको गजुरीमा संचालित चेपाङ भाषा वर्णमाला प्रर्वद्धन सम्बन्धि ३ दिने तालिमको आज समापन

धादिङको गजुरीमा संचालित चेपाङ भाषा वर्णमाला प्रर्वद्धन सम्बन्धि ३ दिने तालिमको आज समापन

images

इच्छाकामना न्युज

२०, भाद्र २०७८
धादिङको गजुरीमा संचालित चेपाङ भाषा वर्णमाला प्रर्वद्धन सम्बन्धि ३ दिने तालिमको आज समापन
images

धादिङ, २० भदौ । गजुरीमा चेपाङ भाषा वर्णमाला प्रर्वद्धन तालिम आइतबार समापन भएको छ । नेपाल चेपाङ संघको आयोजनामा हिमाली आदिवासी जनजाती समुदाय संस्थाको आर्थिक सहयोगमा शुक्रबारबाट सुरु भएको तीन दिने तालिम आज समापन गरिएको हो ।

३५ जना सहभागी रहेको उक्त चेपाङ भाषा वर्णमाला प्रर्वद्धन तालिममा बेनिघाट, धुषा र जोगिमाराका चेपाङ क्षात्रक्षात्रा तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

उक्त चेपाङ भाषा वर्णमाला प्रवद्र्धन तालिम धादिङ, चितवन, गोरखा र मकवानपुरका विभिन्न स्थानमा सञ्चालन भैसकेको चेपाङ अगुवा तिलक चेपाङले जानकारी दिनुभयो । हाल नेपालमा मातृभाषाको रुपमा ७० प्रतिशत चेपाङहरुले चेपाङ भाषा प्रयोग गर्ने तथ्याङ्क रहेको छ ।

241040294_873349903608227_1331337324246525172_n.jpg

नेपाल चेपाङ संघका केन्द्रिय महासचिव आइतसिङ चेपाङले हाल अल्पसंख्यक चेपाङ समुदायका ७० प्रतिशतले ले मात्रै आफ्नो भाषा बोल्न सक्ने बताउनुभयो । हालसम्म पनि चेपाङ समुदायको लिपि पत्ता नलागेकोले देवनागरीमा नै लेखन शैलि रहेकोमा भाषागत एकरुपता बनाउन नेपाल चेपाङ सङघले शब्दकोष समेत प्रकाशित गरिसकेको प्रशिक्षक उहाँले बताउनुभयो ।

हाल नेपालमा धर्म परिवर्तन तिब्र गतिमा बढिरहेकोले चेपाङ समुदायलाई आफ्नो धर्म (प्रकृति पुजक) आगामी जनगणना २०७८ मा लेख्न पनि नेपाल चेपाङ सङघले आग्रह गर्दै आएको उहाँको भनाइछ ।

तालिमको समापन कार्यक्रम नेपाल चेपाङ संघका सचिवालय सदस्य सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यता, महासचिव आइतसिङ चेपाङ, तिलक चेपाङ क्षतामा सम्पन्न भएको हो ।

 

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - २०:४०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology