Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना सङ्क्रमणको अवस्था स्थिर, जोखिम कायमै रहेको विज्ञको भनाइ 

कोरोना सङ्क्रमणको अवस्था स्थिर, जोखिम कायमै रहेको विज्ञको भनाइ 

images

सिआईएन

१८, भाद्र २०७८
कोरोना सङ्क्रमणको अवस्था स्थिर, जोखिम कायमै रहेको विज्ञको भनाइ 
images

स्नेहा कर्ण, काठमाडौँ, १८ भदौ । सरकारले नियमित सार्वजनिक गर्ने कोरोनासम्बन्धी तथ्याङ्क अनुसार नेपालमा केही हप्तादेखि कोरोना सङ्क्रमणको अवस्था स्थिर छ । यसैका आधारमा काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रको निषेधाज्ञा हटाइएको छ । तर पनि सङ्क्रमणको जोखिम कम नभएको हुनाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिइरहेका छन् ।

पर्वतका जगनाथ शर्माले कोरोनाविरुद्धको खोपको दुबै मात्रा लगाइसक्नुभयो । जोखिम कायमै रहेको ठानेर उहाँ स्वास्थ्य सावधानी भने अपनाइरहनुभएको छ । जनकपुरका विश्वनाथ साहलाई भने कोरोनाविरुद्धको खोपको दुबै मात्राले जोखिम कम होला कि भन्ने आशा जगाएको छ ।कोरोनाविरुद्धको खोपलाई कोरोना महामारीबाट जोगिने एक मात्रै विकल्प ठानिएको छ ।  

सरकारले पनि कुल जनसङ्ख्याको २० प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएकोमा १५ प्रतिशत लक्ष्य पूरा भइसकेको छ । खोप लगाउने क्रमले तिव्रता पाए पनि जोखिम भने कायमै रहेको सङ्क्रामक रोग विशेषज्ञ डा.विराज कर्माचार्यको भनाई छ । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको तर्कसहित सरकारले सबै क्षेत्र खुला गर्ने रणनीति बनाएको छ ।

विभिन्न चाडपर्व नजिकिँदै गर्दा बजारमा भीडभाड बढेको छ । घरबाट निस्कनुको कारण दुवै खोपको मात्रा लगाइसकेको ठान्नेहरूसँग विज्ञ भने सहमत छैनन् । सरकारले सबै क्षेत्रको जनजीवन सामान्य बनाउने उद्धेश्यले हरेक क्षेत्रलाई खुकुलो बनाउँदै लगेको छ । तर जथाभावी भीडभाड गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने कोरोनाले महामारीको रुप लिने विज्ञहरुको चेतावनी छ । 

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०९:५५:४५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology