Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गण्डकी गाउँपालिकाका आठ सय चेपाङ परिवारलाई संभव नेपालद्धारा खाद्यान्न सहयोग

गण्डकी गाउँपालिकाका आठ सय चेपाङ परिवारलाई संभव नेपालद्धारा खाद्यान्न सहयोग

images

इच्छाकामना न्युज

१५, भाद्र २०७८
गण्डकी गाउँपालिकाका आठ सय चेपाङ परिवारलाई संभव नेपालद्धारा खाद्यान्न सहयोग
images

गोरखा, १५ भाद्र ।
गोरखाको गण्डकी गाउँपालिकाका आठ सय चेपाङ परिवारलाई संभव नेपालले खाद्यान्न वितरण गरेको छ ।  
पर्यटन व्यवसायी एवंम काग्रेस नेता प्रेम खत्री संस्थापक रहेको संभव नेपाल संस्था मार्फत आज मंगलबार पालिका भित्रका कोरोनाबाट प्रभावित चेपाङ परिवारलाई एक घर बराबर रु २,००० को खाद्यान्न सहयोग गरेको हो ।  
पर्यटन व्यवसायी खत्रीले आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई गाउँपालिकाको आग्रह र समन्वयमा खाद्यान्न वितरण गरेको बताउँनु भयो । उहाँले आगामी दिनमा पनि यस्तै खाले सहयोगलाई गण्डकी गाउँपालिका भित्र निरन्तरता दिने प्रतिबधता दिनु भयो ।  
गण्डकी गाउँपालिका गोरखा कै धेरै चेपाङ परिवार बसोबास गर्ने पालिका हो । दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीवन निर्वाह गर्ने चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छ्न ।
उनिहरु रमाउदै दुई चार छाकटार सहयोग हुने बताए । उनिहरुले सभव नेपाल संस्थालाई धन्यवाद व्यक्त गरे ।  
गाउँपालिका अध्यक्ष होम बहादुर रानाले सहयोगका लागि संभव नेपाल र प्रेम खत्रीलाई धन्यवाद व्यक्त गरे । बोल्दै अध्यक्ष रानाले भन्ने संभव नेपाललाई अनुरोध गरेर पालिकाको समन्वयमा खाद्यान्न वितरण गरेको हो । उहाँले अझै आगामी दिनहरुमा संभव नेपालसंग समन्वय गरेर अन्य कार्यक्रमहरु पनि हुने बताउनु भयो ।
खाद्यान्न वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, केन्द्रिय चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङ,पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रम गण्डकी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको सहजीकरण गण्डकी गाउँपालिका मकैसिंङका उत्तम अधिकारीले गर्नु भएको थियो ।

धेरै भिड हुने भन्दै खाद्यान्न वितरण कार्यक्रम ज्यामिरेघाट, इटारघाट, कौदी घाट, हिक्लुङ घाट, फिस्लिङ, ग्रोदी पुल र चुमखोला बजार गरि सात ठाउँमा गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - २१:०२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology