Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स आँबुखैरेनी शाखाद्वारा बृद्धा आश्रमलाई खाद्यान्न सामग्री वितरण 

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स आँबुखैरेनी शाखाद्वारा बृद्धा आश्रमलाई खाद्यान्न सामग्री वितरण 

images

इच्छाकामना न्युज

१५, भाद्र २०७८
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स आँबुखैरेनी शाखाद्वारा बृद्धा आश्रमलाई खाद्यान्न सामग्री वितरण 
images

आँबुखैरेनी, १५ भदौ । 
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी आँबुखैरेनी शाखाले एक कार्यक्रमको आयोजना गरी चौथो वार्षिक उत्सव भब्य रुपले मनाएको छ ।

सफलता पुर्बक चौथो बर्ष पार गरि पाचौं बर्ष प्रवेशको सु-अवसरमा शाखाले आज (मंगलबार) श्री कृष्ण प्रणामी मन्दिर स्थित बृद्धा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । शाखा प्रमुख सुनिल श्रेष्ठ लगाएत कम्पनीका सम्पुर्ण अभिकर्ताहरुको उपस्थितिमा बृद्धा आश्रमका बृद्ध-बृद्धा आमा बुवाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेर वार्षिक उत्सव मनाईएको हो ।

खाद्यान्न सामाग्री अन्तर्गत १ बोरा चामल, ५ पोका तेल, २ पोका नुन, ५ किलो आटा, ६ दर्जन बिस्कुट, २ केजि चिनी, ३ किलो दाल वितरण गरिएको शाखा प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - २०:३४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology