Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पोखराको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १४ जना तीन लाख बढी नगदसहित पक्राउ

पोखराको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १४ जना तीन लाख बढी नगदसहित पक्राउ

images

इच्छाकामना न्युज

१५, भाद्र २०७८
पोखराको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १४ जना तीन लाख बढी नगदसहित पक्राउ
images

कास्की, १५ भाद्र ।
पोखराको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १४ जनालाई तीन लाख बढी नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका –१७ घारीपाटन र पोखरा –१५ सिताराम हाउजिङबाट तास खेलिरहेका  १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेका सात जनालाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका –८ निवासी ५१ वर्षीय लालप्रसाद गुरुङको घरमा तास खेलिरहेका सात जनालाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ सहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त स्थानहरुमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा रहेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - १७:२८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology