Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युवा पत्रकारिता पुरस्कारबाट तनहुँका दुई पत्रकार सम्मानित

युवा पत्रकारिता पुरस्कारबाट तनहुँका दुई पत्रकार सम्मानित

images

इच्छाकामना न्युज

१५, भाद्र २०७८
युवा पत्रकारिता पुरस्कारबाट तनहुँका दुई पत्रकार सम्मानित
images

तनहुँ, १५ भाद्र ।
तनुहँँका दुइ  पत्रकार ‘युवा पत्रकारिता पुरस्कार २०७८’ बाट  सम्मानित भएका छन । तनहुँ समाज हङकङले पत्रकारद्वय नारायण खड्का र अमरराज नहर्कीलाई सम्मान गरेको हो । नगद रु ५ हजार, खादा र प्रमाणपत्रसहित पत्रकारद्वय सम्मानित भएका छन् ।
समाजको स्थापना दिवसको अवसरमा पत्रकार द्वयलाई सम्मान गरिएको हो ।
तनहुँ समाज हङकङका पुर्वअध्यक्ष भिमराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतित्यथा रहेको थियो । सो अवसरमा प्रमुख न्यौपानेले सम्मानित दुबै पत्रकारलाई बधाई दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, महासंघ तनहुँका पुर्वअध्यक्ष डम्बर अधिकारी, सम्मानित पत्रकार नारायण खड्का लगाएतले मन्तब्य राख्नु भएको थियो ।

पत्रकार खड्का नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान उपाध्यक्ष, सगरमाथा टेलिभिजनको तनहुँ संवाददाता तथा भञ्ज्याङ दैनिकमा आवद्ध छन् भने पत्रकार नहर्की गोरखापत्रको तनहुँ संवाददाता हुन् ।

पत्रकारद्वय खड्का र नहर्कीले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार संप्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि नेपाल पत्रकार महासंघ तनहुँबाट सिफारिस गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - १७:१७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology