Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पर्यटन प्रवर्धनका लागि रिभर फन विच रिसोर्ट बुट्टारले चितवन र गोरखा जोड्ने चुमखोलामा जीपलाइन सञ्चालन गर्ने

पर्यटन प्रवर्धनका लागि रिभर फन विच रिसोर्ट बुट्टारले चितवन र गोरखा जोड्ने चुमखोलामा जीपलाइन सञ्चालन गर्ने

images

इच्छाकामना न्युज

१४, भाद्र २०७८
पर्यटन प्रवर्धनका लागि रिभर फन विच रिसोर्ट बुट्टारले चितवन र गोरखा जोड्ने चुमखोलामा जीपलाइन सञ्चालन गर्ने
images

चितवन, १४ भदौ । 
चितवनको इच्छाकामना गाउँपालिका ३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार जोड्ने स्थानमा निर्माण भइरहेको जीपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गते श्रीपञ्चमीका दिन गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले शिलान्यास गर्नुभएको हो ।
कोरोना महामारीका कारण निषेधाज्ञा जारी भए पछि निर्माण कार्यमा ढिलाई भएको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताउँनु भयो ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले करिव २ करोडको लागतमा जिपलाइन निर्माण गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताउँनुभयो ।उहाँका अनुसार ४८० मिटर लामो उक्त जीपलाइन निर्माण सम्पन्न भए पछि ३५ देखि ४० सेकेण्ड मै रिभर फन विच रिर्सोट पुग्न सकिनेछ ।

गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले जीपलाइन निर्माण सँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । गाउँपालिकाले सबै प्रकारको व्यावसाय संचालनका लागि सुरक्षा लगायतका सबै सहयोग गर्ने प्रतिवद्धता जनाउँनु भयो ।
यसैबिच रिसोर्टको कम्पाउण्डमा स्काई रोप साइक्लिङ  पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गरिने उहाँको भनाई छ ।
गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन विच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेको रिर्सोट हो । रिभर फन विच रिसोर्टले पर्यटकका लागि ¥याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्ट लगायतका सुविधा दिँदै आएको छ ।
जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकहरुको आवागमनमा वृद्धि हुने उहाँको भनाई छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - २१:५२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology