Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

 हत्या आरोपमा गोरखाका एक युवक चितवनबाट पक्राउ

 हत्या आरोपमा गोरखाका एक युवक चितवनबाट पक्राउ

images

इच्छाकामना न्युज

१४, भाद्र २०७८
 हत्या आरोपमा गोरखाका एक युवक चितवनबाट पक्राउ
images

गोरखा, १४ भाद्र
बसका सहचालकको हत्या आरोपमा गोरखाका एक युवक चितवनबाट पक्राउ परेका छन् ।
गोरखा सिरानचोक गाउँपालिका ६ घर भएका १८ वर्षीय सुरेश परियारलाई बसका सहचालकको हत्या गरेको आरोपमा आज चितवनको पोखरा बसपार्कबाट प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

गएको साउन २८ मा साँझ साढे ६ः०० बजे रोकिराखेको बा। ४ ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । मृतक चक्रपथ परिक्रमा गर्ने सोही बसका सहचालक हुन् ।

हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेर काठमाण्डौं लगिएको छ ।

सिन्धुपाल्चोकको चौतारा घर भएका खत्रीलाई सुरेशले ढुंगाले हिर्काएर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।

ज्याकेट भित्र ढुंगा बेरेर हिर्काएर खत्रीको हत्या गरेका थिए । हत्यापछि मृतकको कपडा र मोवाइल बोकेर उनि फरार भएका थिए ।

उनलाई ज्यान सम्बन्धि कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - १९:५२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology