Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काँग्रेसका  युवा नेता  मौरतीद्धारा पत्रकार बानियाँको स्मृतिमा रकम हस्तान्तर

काँग्रेसका  युवा नेता  मौरतीद्धारा पत्रकार बानियाँको स्मृतिमा रकम हस्तान्तर

images

इच्छाकामना न्युज

१४, भाद्र २०७८
काँग्रेसका  युवा नेता  मौरतीद्धारा पत्रकार बानियाँको स्मृतिमा रकम हस्तान्तर
images

दमौली, १४ भाद्र । 
नेपाली काँग्रेस युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँको स्मृति पत्रकारितका अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नु भएको छ ।
पत्रकार बानियाँको वार्षिक पुण्यतिथीमा सोमबार नेता मौरतीले १० हजार १५० रुपियाँ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तर गर्दै मौरतीले कर्मचारीतन्त्रमा मौलाएको भनसुन, बेथिति, विकृति भ्रष्ट्राचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति गरेको स्मरण गर्नु भयो । साथै नेता मौरतीले समाचार लेखेको कारण मानसिक तनान समेत बानियाले भोग्न बाध्य भएको बताउनुभयो । बानियाँ निर्भिक पत्रकार भएको उल्लेख गर्दै मौरतीले अक्षयकोषले बानियाको योगदानलाई स्मरण गराउने हुँदा भावी पिढींलाई उहाँले पु¥याएको योगदानको बारेमा जानकारी लिन मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ । पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गर्नु भएको थियो ।

बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए । बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला पर्नु भएको  । बानियाँ दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पत्रकार बानियाँ भानु नगरपालिका–१३ मिलुङमा २०२७ सालमा जन्मिनु भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - १९:३२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology