Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर अस्पतालको मेसुमा प्रा.डा कृष्ण पौडेल नियुक्त

भरतपुर अस्पतालको मेसुमा प्रा.डा कृष्ण पौडेल नियुक्त

इच्छाकामना न्युज

१४, भाद्र २०७८
भरतपुर अस्पतालको मेसुमा प्रा.डा कृष्ण पौडेल नियुक्त
images

चितवन, १४ भदौं । सरकारले भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा प्रा.डा कृष्ण प्रसाद पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार प्रा.डा पौडेललाई मेडिकल सुपरिटेण्डेण्ट नियुक्त गर्नुभएको हो ।

images
images

हाडजोर्नी विशेषज्ञ प्रा.डा पौ‍डेल भरतपुर अस्पतालमा नै कार्यरत हुनुहुन्छ । उहाँ यस अघि पनि अस्पतालको मेसु भईसक्नु भएको छ । उहाँ लामो समय भरतपुर अस्पतालमा कार्यरत रहेका कारण अस्पतालको स्तरोन्नतीमा सहज हुने धेरैको अनुमान छ । अस्पतालमा डा. रोशन न्यौपाने मेसु हुनुहुन्थ्यो । मन्त्रालयले उहाँको स्थानमा डा पौडेललाई जिम्मेवारी दिएको हो ।

छोटो समयमा नै मेसु परिवर्तन भईरहँदा भरतपुर अस्पताल व्यवस्थित हुन नसकेको गुनासो रहँदै आएको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - १०:१८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology