Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँमा प्रतिबन्धित बाघको छाला, खप्पर तथा हड्डीसहित ३ युवा पक्राउ

तनहुँमा प्रतिबन्धित बाघको छाला, खप्पर तथा हड्डीसहित ३ युवा पक्राउ

images

इच्छाकामना न्युज

१३, भाद्र २०७८
तनहुँमा प्रतिबन्धित बाघको छाला, खप्पर तथा हड्डीसहित ३ युवा पक्राउ
images

तनहुँ, १३ भदौ । तनहुँ प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित बाघको छाला, खप्पर तथा हड्डीसहित तीन युवक पक्रेको छ ।

व्यास नगरपालिका–५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दिनेश मैनालीले बताए । पक्राउ पर्नेका साथबाट बाघको छाला दुई थान तथा हड्डी एक सय २२ थान बरामद भएको छ ।

2.jpg

पक्राउ पर्नेहरुमा व्यास ६ सिरुबारी निवासी ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका–१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ छन् ।

3.jpg

उनीहरुको साथबाट तीन मोटरसाईकल, मोबाईल तथा नगद समेत बरामद गरिएको प्रहरीको भनाई छ । शंकास्पद गतिविधिका आधारमा पक्राउ परेका उनीहरुलाई वन डिभिजन कार्यालय तनहुँमा थप अनुसन्धानका लागि पठाइएको दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - १९:३३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology