Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

एरोबिक्स : छरितो र फुर्तिलो शरीरका लागि

एरोबिक्स : छरितो र फुर्तिलो शरीरका लागि

इच्छाकामना न्युज

१५, आश्विन २०७७
एरोबिक्स : छरितो र फुर्तिलो शरीरका लागि

त्यसो त व्यायामका अनेक विधी छन्, तौर–तरिका छन् । त्यसमध्ये एक हो, एरोबिक्स । खासगरी तौल कम गर्न र शरीरलाई फुर्तिलो बनाउनका लागि एरोबिक्स उपयुक्त हुन्छ । जिममा गएर कठिन व्यायाम गर्न इच्छा नहुनेका लागि एरोबिक्स एक उत्कृष्ट विकल्प पनि हो । नियमित एरोबिक्सले हृदय रोगसहित अन्य समस्या पनि कम गर्छ ।

images

एरोबिक्स प्रशिक्षकले संगीतको तालसँगै व्यायाम गर्ने विधी सिकाउँछन् । त्यसो त घरमै बसीबसी पनि एरोबिक्स गर्न सकिन्छ ।

एरोबिक्सको काइदा के भने, हल्का र मनोरञ्जनात्मक ढंगले शरीरको समूचित व्यायाम गर्न सकिन्छ ।

एरोबिक्स अन्य खालका व्यायाम भन्दा सरल छ र एरोबिक्स गर्नको लागि हामीलाई धेरै मेहनत पनि गर्नुपर्दैन ।

एरोबिक्स एक्सरसाइज के हो ?

 हिँड्ने

हिँड्नु पनि एरोबिक्स एक्सरसाइज अन्तर्गत नै पर्छ । यो व्यायामको धेरै नै सजिलो र प्राकृतिक तरीका हो जुन बच्चादेखि बुढासम्म सबैले गर्न सक्छन् । यसमा न त कुनै समयको पाबन्दी हुन्छ न त कुनै उपकरणको आवश्यकता पर्छ ।

नियमित हिँड्ने बानीले हाम्रो शरीरलाई अक्सिजन मात्रै प्रदान गर्दैन । यसबाट हामीले थोरै समयको लागि भए पनि आफ्नो सारा दुःख भुल्छौं र यसको सकरात्मक प्रभाव सीधा हाम्रो स्वास्थ्यमा पर्छ ।

सिँढीहरुको व्यायाम

हिँड्ने बाहेक सिँढी चढ्ने र ओर्लने गर्नाले पनि हाम्रो शरीरलाई धेरै फाइदा मिल्छ । धेरै एथलिटहरु आफ्नो शरीरलाई मजबुत बनाउन र कुनै पनि दौडको लागि आफ्नो शरीर तयार गर्नको लागि यो व्यायामलाई अपनाउँछन् ।

आजभोली धेरै जिममा पनि यस्ता खालको व्यायाम गर्नको लागि उपकरणहरु पाइन्छ । तर, आफ्नो दैनिक जीवनमा पनि यसको प्रयोग सक्नुहुन्छ । जस्तै लिफ्टको प्रयोग नगरिकन सिँढीबाट तल माथि आउन सकिन्छ । यसले हाम्रो शरीरलाई चुस्त बनाउँछ र तागत पनि दिन्छ ।

साइकल चलाउने

यदि साइकल चलाउनु एक बच्चाको खेल हो भनेर सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।  विभिन्न प्रकारका खेलाडीले यस खेललाई आफ्नो शरीरको लागि एक व्यायामको रुप दिन्छन् ।

यो एक यस्तो व्यायाम हो जसले हामीलाई रमाइलोसँग शरीरलाई तन्दुरुस्त बनाउँछ र त्यो पनि हाम्रो जोर्नीहरुलाई दुख नदिइकन । हरेक दिनमा आधा घन्टासाइकल चलाउने बानीले हाम्रो खुट्टाको मांसपेसी मजबुत हुन्छ र शरीरलाई एक किसिमको लचिलोपना पनि मिल्छ ।

आजभोली यस्तो व्यायामको लागि जिममा पनि उपकरण राखिएको हुन्छ त्यसैले तपाईं जिमखाना गएर पनि यस व्यायामलाई अपनाउन सक्नुहुन्छ ।

हातको लागि व्यायाम

हातको व्यायामले हाम्रो छातीको मांसपेसीलाई फाइदा हुन्छ । यस्तो व्यायाम गर्नको लागि हामीलाई कुनै पनि किसिमको उपकरणको आवश्यकता हँुदै ।

हातको व्यायाम कसरी गर्ने ?

–सबैभन्दा पहिले तपाईंले एक सैनिकले जस्तै गरि आफ्नो हातलाई दाँया बाँया माथि उठाएर हिँड्नुपर्छ र विस्तारै हिँडाईको गति बढाउनुपर्छ ।

–यो व्यायाम गर्दा घुँडा अलि माथि उठ्नुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुहोस जसकारणले तपाईंको जाँघ र खुट्टालाई पनि व्यायाम मिलोस् ।

–खुट्टा उठाएपछि एक एक गरेर आफ्नो हातलाई अगाडि पछाडि एक चक्कर घुमाउनुहोस् ।

पानीमा गरिने व्यायाम

पानीमा गरिने व्यायामले पनि हाम्रो शरीरलाई रमाइलोसँग तन्दुरुस्त बनाइदिन्छ । पानीको व्यायामको एक प्रकार पौडिनु पनि हो ।

पौडिनाले हाम्रो शरीरलाई पूर्णरुपमा तन्दुरुस्ती मिल्छ । यस बाहेक पानीमा तिव्र रुपमा हिँडेमा पनि हाम्रो खुट्टा मजबुत हुन्छ ।

जुन मानिसको खुट्टामा रगत अभावको भएको महसुस हुन्छ ती मानिसहरुले यो व्यायाम गरेर लाभ लिन सक्छन् ।

नाच्ने

नाच्नुलाई हामी खुसी भएको अवस्थामा गर्ने रमाइलोको रुपमा लिने गर्छौं तर यसले हाम्रो शरीरलाई व्यायामको रुपमा पनि काम गर्छ ।

दैनिक केही समय नाच्ने बानीले हाम्रो शरीरलाई एक फरक चुस्तपना मिल्छ र यसबाट हाम्रो समस्याहरु टाढा हुन्छन् । यसले हामीलाई खुसी पनि प्रदान गर्छ ।

साथै नाच्दै कुद्ने, घुम्ने, झुक्ने आदी गर्नाले हाम्रो शरीरलाई यसरी नै पूर्ण रुपमा धेरै राम्रो व्यायाम मिल्छ जसले हामीलाई स्वस्थ रहन मद्धत गर्छ ।

यी हुन् एरोबिक्स गर्ने तरिका

लामो समय गरिने कार्डियो र मध्यान्तर अभ्यास गरि एरोबिक्स गर्ने दुई तरिका हुन्छन् ।

लामो समय गरिने कार्डियो

यसमा हामी ती व्यायाम गर्छौं जसलाई हामी लामो समयको लागि एकै रफ्तारमा गर्छौं । जस्तो कि एक घन्टाको लागि एकै रफ्तारमा हिँड्ने ।

यस्तो गर्नाले हाम्रो शरीरबाट क्यालोरी घट्छ । हामी जति धेरै समयसम्म हामी हिँड्छौं त्यति धेरै क्यालोरी घट्छ जसको कारण हाम्रो तौल पनि घट्छ ।

यसका फाइदा

–लामो समयसम्म गरिने कार्डियोको असर र फाइदा हाम्रो शरीरमा थोरै समयमै वा तुरुन्त मिल्छ ।

–यसले हाम्रो क्यालोरी घटाउँछ

–यसबाट हाम्रो शरीरलाई कुनै पनि प्रकारको दुष्प्रभाव महसुस हुँदैन ।

–हाम्रो शरीरको मेटाबोलिक प्रक्रियामा परिवर्तन नजर आँउदैन ।

मध्यान्तर अभ्यास

यस खालको एरोबिक्स अभ्यासमा हामी आफ्नो व्यायाम गर्ने तरिकामा त्यसको तागत र शक्ति लाग्नेको आधारमा एक पछि अर्को गर्छौं ।

यो तौल घटाउने धेरै राम्रो तरीका हो । सुरुवाती मा एरोबिक्स गर्न चाहने मानिसहरुले भन्दा पनि व्यायामको पहिले नै राम्रो अभ्यास भएका मानिसले यो विधि अपनाउँदा राम्रो हुन्छ ।

यसको फाइदाः

–यसले हाम्रो शरीरको क्यालोरीलाई कम गर्छ साथसाथै हाम्रो शरीरलाई धेरै सहनशील पनि बनाउँछ ।

–यसको फाइदा हामीले थोरै समयमा देख्न सक्छौं ।

–यो तौल कम गर्ने पनि एक राम्रो तरिका हो ।

एरोबिक्स व्यायाम अपनाउने मानिसहरुको संख्या बढ्दै गइरहेको छ । यो व्यायाम हाम्रो शरीरलाई तन्दुरुस्त बनाउने एक धेरै नै सजिलो र रमाइलो तरिका हो ।

हरेक उमेरका मानिसले व्यायामका तरिकाको आधारमा एरोबिक्स अभ्यास गर्न सक्छन् । एरोबिक्स अभ्यासले हाम्रो क्यालोरी त कम हुन्छ साथै हाम्रो मुटु पनि मजबुत र स्वस्थ हुन्छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:२१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology