Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिल्ला प्रशासन र मालपोत कार्यालय गोरखाको सेवा बार अनुसार आलोपालो, हेनुस् कुन पालिकाको पालो कुन बार ?

जिल्ला प्रशासन र मालपोत कार्यालय गोरखाको सेवा बार अनुसार आलोपालो, हेनुस् कुन पालिकाको पालो कुन बार ?

इच्छाकामना न्युज

१२, भाद्र २०७८
जिल्ला प्रशासन र मालपोत कार्यालय गोरखाको सेवा बार अनुसार आलोपालो, हेनुस् कुन पालिकाको पालो कुन बार ?
images

गोरखा १२, भदौं । गोरखा सदरमुकाममा रहेका जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयले बार अनुसार सेवाग्राहीलाई सेवा दिने भएको छ ।  कोरोना महामारीका कारण सेवामा सहजता र संक्रमण दर फैलनबाट रोक्ने उद्वेश्यका साथ बार अनुसार सेवा दिनलागेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

images
images

सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप नहोस र संक्रमण फैलने खतरा पनि कम होस भन्ने उद्वेश्यका साथ भिडभाड हुने सबै सरकारी कार्यालयलाई सूचना प्रशासन गरी बारअनुसार सेवा दिन भनिदएको प्रजिअ पौडेलले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय गर मालपोत कार्यालयले एउटै प्रकृतीको सूचना जारी गर्दै बार अनुसारको सेवा लिन आउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।
मालपोत कार्यालय
आइतबार–सोमबार : गोरखा नगरपालिका र आरुघाट र धार्चे गाउँपालिका
मंगलबार–बुधबार : पालुङटार नगरपालिका र सिरानचोक र गण्डकी गाउँपालिका
बिहीबार–शुक्रबार : भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका

जिल्ला प्रसासन कार्यालयको सेवा
आइतबार र सोमबार : गोरखा नगरपालिका, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिका
मंगलवार र बुधवार : पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका
बिहीवार र शुक्रवार : भिमसेन थापा, शहीदलखन, बारपाक सुलिकोट, अजिरकोट र चुमनुब्री गाउँपालिकाका

उता उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै सेवाग्राहीलाई भने सिर्दीबासमा रहेको सेवा केन्द्रबाट सेवा लिन कार्यालयले भनेको छ ।
त्यस्तै गरी जिल्ला प्रशासन कार्यालय गोरखाले पनि सूचना जारी गर्दै बार अनुसारको सेवा दिने जानकारी गराएको छ । उता नापी कार्यालयले भने बार अनुसार भन्दा पनि सेवा ग्राही आएको खण्डमा ६ दिन नै सबै पालिकाको काम गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १०:२३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology