Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भारतको बिहारबाट बेचिन लागेका ७ नेपाली युवतीको उद्दार, लैजाने २ जना पनि पक्राउ

भारतको बिहारबाट बेचिन लागेका ७ नेपाली युवतीको उद्दार, लैजाने २ जना पनि पक्राउ

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
भारतको बिहारबाट बेचिन लागेका ७ नेपाली युवतीको उद्दार, लैजाने २ जना पनि पक्राउ
images

 बिरगंज, १२ भदौ । प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत–११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो ।

अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो । भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा युवतीको उद्धार गरेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

‘छौँडादानोमा पुगेपछि मोबाइल खोसी अँध्यारो कोठामा राखेका रहेछन् । भारतकै विभिन्न स्थानमा पठाइ रकम लिइ निजहरूको इच्छा विपरीत अशोभनीय पोशाकमा विना पारिश्रमिक नाचगान गराउने, शारीरिक तथा मानसिक यातना दिइ श्रम शोषण गर्ने तथा बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको रहेछ,’ उहाँले भन्नुभयो, ‘त्यही समयमा हामीले उनीहरुको उद्धार गर्न सफल भयौं ।’

प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुई जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरेको हो । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १०:११:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology