Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गुप्तांगमा फेविक्विक लगाएर यौनसम्बन्ध राख्दा एक युवकको मृत्यु

गुप्तांगमा फेविक्विक लगाएर यौनसम्बन्ध राख्दा एक युवकको मृत्यु

images

एजेन्सी

१२, भाद्र २०७८
गुप्तांगमा फेविक्विक लगाएर यौनसम्बन्ध राख्दा एक युवकको मृत्यु
images

गर्लफ्रेण्डसँग शारीरिक सम्बन्ध राख्ने बेला आफूसँग कण्डम नभएपछि एक युवकले गुप्तांगमा फेविक्विक लगाएर शारीरिक सम्बन्ध राख्ने प्रयास गर्दा उनको मृत्यु भएको छ । भारतको गुजरातको अहमदाबाद शहरमा २५ वर्षका सलमान नामका यी युवकको मृत्यु भएपछि पुलिसले उनको मेडिकल जाँच गराउँदा यसको खुलासा भएको हो ।

यी युवकको गुप्तांगमा एक किसिमको चिपचिपे पदार्थ पाइएको थियो । डाक्टरहरुले गुप्तांगमा लगाइएको यो पदार्थ नै उनको मृत्युको कारण हुन सक्ने बताएका छन् । पुलिसले विस्तृतमा जाँच गराउँदा यस्तो घटनाको खुलासा भयो जसले सबै आश्चर्यमा परे । पुलिसलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएअनुसार यी युवक आफ्नी गर्लफ्रेण्डसँग होटलमा गएका थिए । यी दुवै जना ड्रग्स लिने बानी भएका थिए ।

यी दुईले होटलमा गएर ड्रग्स लिएपछि शारीरिक सम्बन्ध राख्ने योजना बनाएका थिए । शारीरिक सम्बन्धको ठिक अगाडि मात्र उनीहरुले बाहिरबाट आउँदा कण्डम नल्याएको थाहा पाए । युवती गर्बवती हुनबाट बच्नको लागि असुरक्षित सम्बन्ध चाहँदैनथिन् । यस्तोमा सलमानले आफ्नो गुप्तांगमा फेविक्विक लगाए ताकि वीर्य लिक नहोस् । तर यो गल्ती उनको लागि निकै भारी पर्यो ।

पुलिसका अनुसार भोलिपल्ट यी युवक बेहोस अवस्थामा भेटिएका थिए । उनका एक साथीले उनलाई घर लिएर गएका थिए । मातापिता उनको ड्रग्स लिने बानीबारे जानकार थिए ।  त्यसैले उनीहरुलाई सलमान ड्रग्सका कारण बेहोस भएको भन्ने लाग्यो । तर, लामो समयसम्म उनलाई होस नआएपछि परिवारले उनलाई अस्पताल लिएर गए । अस्पतालमा मल्टिपल अर्गन फेलियरका कारण उनको मृत्यु भयो ।

पुलिसका अनुसार नशा गर्नेहरु कहिलेकाहीँ वाइटनरसँग फेविक्विकको पनि प्रयोग गर्छन् । सम्भवतः यही कारण त्यतिबेला सलमानसँग फेविक्विक थियो । यसको गलत प्रयोगको मूल्य उनले ज्यान दिएर चुकाउनुपर्यो । पुलिसले अब उनको भिसेरा रिपोर्टको प्रतिक्षा गरिरहेको छ । त्यसपछि मात्र उनको मृत्युको प्रस्ट कारण थाहा हुनेछ । 

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १०:०१:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology