देवघाट, ९ भदौ । चितवन दाहाखानीका पूर्व प्रधानपंच कमानसिंह गुरुङको शवको अन्त्येष्टि गरिएको छ। चितवनको देवघाटमा बौद्ध परम्परा अनुसार आज गुरुङको शवको अन्त्यष्टि गरिएको हो।

गुरुङको शवको अन्त्यष्टि गर्नुभन्दा पहिले नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ लगायतको उपस्थितिमा श्रद्धाञ्जली गरि नेपाली कांग्रेस पार्टीको चार तारे झण्डा ओढाईएको थियो।

तात्कालिन समयमा २०३९ र २०४४ सालमा गरि २ पटक प्रधानपंचमा निर्वाचित भएका गुरुङ नेपाली कांग्रेस दाहाखानीका पूर्व सभापति समेत हुन्।
उनको २ श्रीमतीबाट ३ भाई छोरा र ३ बहिनी छोरी रहेका छन्।