Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीको बसबरिया पालिकाको सेवा ६ दिनपछि सुचारु, अनियमितता लुकाउन कर्माचारीलाई दुव्र्यवहार गरेको आरोप लगाइयो

सर्लाहीको बसबरिया पालिकाको सेवा ६ दिनपछि सुचारु, अनियमितता लुकाउन कर्माचारीलाई दुव्र्यवहार गरेको आरोप लगाइयो

एसपी गौरब

९, भाद्र २०७८
सर्लाहीको बसबरिया पालिकाको सेवा ६ दिनपछि सुचारु, अनियमितता लुकाउन कर्माचारीलाई दुव्र्यवहार गरेको आरोप लगाइयो

सर्लाही, ९ भदौ । सर्लाहीको बसबरिया गाउँपालिकाको सेवा ६ दिनपछि सुचारु भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीले आफूहरूमाथि हातपात भएको भन्दै काम रोकेर आन्दोलनमा उत्रिएपछि सेवा प्रवाह ठप्प भएको थियो ।

images

पालिकाका कर्मचारीले भदौ १ गते नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षका  प्रत्यासी बनेका रामविश्वास राय लगायतको समूहले कर्माचारीहरुमाथी दुव्र्यवहार गरेको आरोप लगाउदै गाउँपालिकाको सम्पुर्ण सेवा बन्द गरेका थिए । पालिकाका कर्मचारी आन्दोलित भएपछि सेवाग्राही मारमा परेका थिए । सोही विषयमा सोमबार इलाका प्रहरी कार्यालय बरहथवामा दुवै पक्षबीच छलफलपछि मंगलबारबाट पालिकाको सेवा सुचारु भएको हो ।

पालिकाका आन्दोलित कर्मचारीहरुले  भदौ २ मा पालिका कार्यालयमा पत्रकार सम्मेलन गरेर गाउँपालिकाको वडा नम्बर १ का रामविश्वास राय, वडा नम्बर ३ का चनु राय, उदय रायसहितको समूहले कार्यालयमा पसेर आफूहरूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

कार्यालयमा कर्मचारीको सुरक्षा ग्यारेन्टी नभएको तथा काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले पालिकाको सबै सेवा ठप्प पारेका थिए । छलफलमा दुव्र्यवहार गर्ने पक्ष र गाउँपालिकाबीच सहमती भएकाले सेवा सञ्चालनमा ल्याईएकोे गाउँपालिकाका अध्यक्ष रामअयोधी यादवले जानकारी दिनु भयो । ‘पीडित पक्षसँग प्रहरी कार्यलयमा बसेर छलफल ग¥यौँ , उनीहरूले अब उप्रान्त यस्तो हुलहुज्जत नगर्ने प्रतिबद्धता जनाएका छन् । हामीले पनि गाउँपालिकासँग सम्बन्धित कागजात चित्त नबुझेको विषय कार्यालयमा आए सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो ।

हुलहुज्जतमा संलग्न भनिएका माओवादी केन्द्रका रायले आफूहरूले कर्मचारीमाथि कुनै दुव्र्यवहार नगरेको दाबी गरेका छन् । गाउँपालिकाले गरेका विकास निर्माणका गतिविधिमा आफूहरूले राखेको प्रश्न तथा माग गरेको विवरण पालिकाले नदिएपछि कर्मचारीलाई भेला पारेर आफ्ना कुरा राख्न मात्र खोजिएको रायले दाबी गरेका छन् ।

‘गाउँपालिकाले विकासको नाममा व्यापक अनियमितता गरेको र पटक–पटक लिखित तथा मौखिक सूचना माग्दा समेत नदिएपछि गाउँपालिकाले अनियमितता लुकाउनका लागि आफुहरुमाथी कर्माचारीलाई दुव्र्यवहार गरेको आरोप लगाएको नेता रायले आरोप लगाएका छन् ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - ०८:०९:२२ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology