Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अभियुक्ताहरु सार्वजनिक भएपछि प्रियंकाका परिवारले शव बुझे

अभियुक्ताहरु सार्वजनिक भएपछि प्रियंकाका परिवारले शव बुझे

images

एसपी गौरब

९, भाद्र २०७८
अभियुक्ताहरु सार्वजनिक भएपछि प्रियंकाका परिवारले शव बुझे
images

सर्लाही, ९ भदौ । सर्लाहीको लालबन्दी नगरपलिका १७ रानिगन्जकी १४ वर्षीया बालिका प्रियंका भुजेलको शव मंगलवार परिवारले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अभियुक्ताहरु सार्वजनिक गरेपछि पीडित परिवारले शव बुझेका लालबन्दी नगरपालिका–१७, का वडाध्यक्ष नवराज अधिकारीले बताउनु भयो । 

पीडित पक्षले अभियुक्ताहरुलाई सार्वजनिक गरि हदै सम्मको कार्बाही गर्न माग गर्दै जिल्ला अस्पतालमै थन्किएको शव बुझेका थिएनन् । गत वुधवार नै पोष्टमार्टम गरिएको प्रियंकाको शव जिल्ला अस्पताल सर्लाही मै रहेको थियो । प्रहरीले सोमवार प्रियंकाको हत्यामा संलग्न दुई अभियुक्ताहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि परिवारका सदस्यहरुले मंगलवार शव बुझेका हुन ।

घटनामा संलग्न लालबन्दी नगरपालिका–१७, रानिगन्जकै १९ वर्षीय अनिष दाहाल र वर्ष १९ कै कृष्ण साहलाई सोमवार  जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । अभियुक्तहरुलाई सार्वजनिक गरी हदैसम्मको माग गर्दै पीडित पक्षले पटक पटक चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - ०८:०५:३९ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology