Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अभियुक्ताहरु सार्वजनिक भएपछि प्रियंकाका परिवारले शव बुझे

अभियुक्ताहरु सार्वजनिक भएपछि प्रियंकाका परिवारले शव बुझे

एसपी गौरब

९, भाद्र २०७८
अभियुक्ताहरु सार्वजनिक भएपछि प्रियंकाका परिवारले शव बुझे

सर्लाही, ९ भदौ । सर्लाहीको लालबन्दी नगरपलिका १७ रानिगन्जकी १४ वर्षीया बालिका प्रियंका भुजेलको शव मंगलवार परिवारले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अभियुक्ताहरु सार्वजनिक गरेपछि पीडित परिवारले शव बुझेका लालबन्दी नगरपालिका–१७, का वडाध्यक्ष नवराज अधिकारीले बताउनु भयो । 

images

पीडित पक्षले अभियुक्ताहरुलाई सार्वजनिक गरि हदै सम्मको कार्बाही गर्न माग गर्दै जिल्ला अस्पतालमै थन्किएको शव बुझेका थिएनन् । गत वुधवार नै पोष्टमार्टम गरिएको प्रियंकाको शव जिल्ला अस्पताल सर्लाही मै रहेको थियो । प्रहरीले सोमवार प्रियंकाको हत्यामा संलग्न दुई अभियुक्ताहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि परिवारका सदस्यहरुले मंगलवार शव बुझेका हुन ।

घटनामा संलग्न लालबन्दी नगरपालिका–१७, रानिगन्जकै १९ वर्षीय अनिष दाहाल र वर्ष १९ कै कृष्ण साहलाई सोमवार  जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । अभियुक्तहरुलाई सार्वजनिक गरी हदैसम्मको माग गर्दै पीडित पक्षले पटक पटक चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - ०८:०५:३९ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology