Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लागूऔषध गाँजा बोकेर कतार जान लागेका चितवनका एक युवक विमानस्थलबाट पक्राउ

लागूऔषध गाँजा बोकेर कतार जान लागेका चितवनका एक युवक विमानस्थलबाट पक्राउ

images

इच्छाकामना न्युज

८, भाद्र २०७८
लागूऔषध गाँजा बोकेर कतार जान लागेका चितवनका एक युवक विमानस्थलबाट पक्राउ
images

चितवन, ८ भाद्र ।
लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेका छ। चितवन खैरहनी–१० का २९ वर्षीय बुद्धिराज पाठकलाई आज मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो।
विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको थियो ।
पक्राउ गरेर विमानस्थल प्रहरीले लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको प्रसाईंले बताउनुभयो।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १४:४५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology