दाङ, ८ भाद्र ।
लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको हो ।
दाङ जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले दाङको दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाको निवेदन दर्ता गर्नुभएको जानकारी दिनुभयो ।
श्रेष्तेदार गिरीका अनुसार ३ भदौमा पेस भएको उक्त मुद्दाको दर्ता नम्बर ०७३ (०७८/००३६२) रहेको छ ।
वलीबाट नाबालक छोराहरूको सम्पत्तिको हिनामिना हुने अवस्था आएकाले उक्त सम्पत्ति संरक्षण र नाबालकहरूको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको अदालतमा दर्ता भएको निवेदनमा उल्लेख छ ।