Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धनुषामा ससुरा–बुहारीको हत्या गरी शव गाडिएको अवस्थामा फेला

धनुषामा ससुरा–बुहारीको हत्या गरी शव गाडिएको अवस्थामा फेला

images

इच्छाकामना न्युज

८, भाद्र २०७८
धनुषामा ससुरा–बुहारीको हत्या गरी शव गाडिएको अवस्थामा फेला
images

धनुषा, ८ भाद्र ।
धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी सँगै गाडिएको अवस्थामा फेला परेको छ । मिथिला नगरपालिका–५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सो शवहरु स्थानीय चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षीया अमृता मण्डलको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । मृतक महिला भागेश्वर मण्डलको श्रीमती हुन् । प्रहरीका अनुसार अहिले शव उत्खननको कार्य भइरहेको छ ।

मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरुले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो ।

यता उनीहरुको हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १०:५६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology