चितवन, ८ भाद्र ।
चितवनको नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष वेपत्ता भएका छन । भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलको विच भागबाट अन्दाजी ४०/४५ बर्षका पुरुष आज विहान ६ः५५ बजे हाम फालेका हुन । पुरुषको अहिलेसम्म पहिचान भएको छैन । घटनाको जानकारी पाए लगत्तै गएको प्रहरीको विपद् उद्धार टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।