Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा ‘मन कि मन्जरी...’ सार्वजनिक

बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा ‘मन कि मन्जरी...’ सार्वजनिक

इच्छाकामना न्युज

७, भाद्र २०७८
बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा  ‘मन कि मन्जरी...’ सार्वजनिक
images

काठमाडौं, ७ भदौ । बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

images
images

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।

बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल हुनुभएको थियो भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुनुहुन्छ ।

बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला...’लाई स्रोता/दर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता/दर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भन्नुभयो ।

 

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १९:१८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology