Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

तनहुँको आँबुखैरेनी ४ र चितवनको इच्छाकामना ६ लाई जोड्ने गरी त्रिशुलीमा मोटरेबल पुल बन्ने

तनहुँको आँबुखैरेनी ४ र चितवनको इच्छाकामना ६ लाई जोड्ने गरी त्रिशुलीमा मोटरेबल पुल बन्ने

इच्छाकामना न्युज

७, भाद्र २०७८
तनहुँको आँबुखैरेनी ४ र चितवनको इच्छाकामना ६ लाई जोड्ने गरी त्रिशुलीमा मोटरेबल पुल बन्ने

आँबुखैरेनी, ७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ र चितवनको इच्छाकामना गाउँपालिका ६ लाई जोड्ने गरी त्रिशुली नदीमा मोटरेबल पुल बन्ने भएको छ। गण्डकी प्रदेश सरकारको लगानीमा त्रिशुली नदी माथि अर्को नयाँ मोटरेबल पुल बन्ने भएको हो।

images

विशेष गरेर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को खस्राङ, आमडाँडा, दुवा, खोलागाउँ लगायतका गाउँहरुलाई यातायातको सहज पहुँच पु¥याउनका लागि मोटरेबल पुल बन्न लागेको स्थानीय राजु गुरुङले जानकारी दिए। उनका अनुसार मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलो बजारको आसपास बाट जोडिने गरी पुल निर्माणको तयारी थालिएको छ।

पुल निर्माणका लागि यो वर्ष डिपिआरको तयारी हुनेछ। यसका लागि गण्डकी प्रदेश सरकारले यो वर्ष बजेटको व्यवस्था गरेको छ।

यस्तै मुग्लिन पुलजीप हुदै घुमाउनेसम्म पुग्ने गरी निर्माणधिन रहेको सडकको समेत यसै वर्ष विस्तृत डिपिआर हुने भएको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १२:२०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology