Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै, सचेत रहन चिकित्सकको सुझाव

अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै, सचेत रहन चिकित्सकको सुझाव

images

सिआईएन

७, भाद्र २०७८
अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै, सचेत रहन चिकित्सकको सुझाव
images

स्नेहा कर्ण, काठमाडौँ, ७ भदौ । नेपालमा कोरोना महामारीसँगै भाइरल ज्वरो, इन्फ्लुएन्जा र फ्लूका बिरामीहरु अस्पताल आउने क्रम बढेपछि सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

पछिल्लो समय नेपालमा दैनिक कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या घटेको तर भाइरल ज्वरो लगायतका बिरामीहरु अस्पताल आउने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेको समयमा भाइरल ज्वरो, इन्फ्लूएन्जा लगायतका स्वास्थ्य समस्या देखिने भएकाले कोरोना सङ्क्रमितको सङ्ख्यामा कमि आएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले सीआईएनसँग कुराकानी गर्दै कोरोना जस्तै लक्षणहरु मिल्दोजुल्दो भएकाले नेपालका विभिन्न अस्पतालमा भाइरलका बिरामी बढेको बताउनुभयो ।

विशेषगरी प्रदेश २ मा भाइरल ज्वरो लगायतका बिरामीको सङ्ख्या बढेको भन्दै उहाँले सबैलाई लक्षण देखिनासाथ अस्पताल जान पनि आग्रह गर्नुभयो । 

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०९:३९:३१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology