Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नै बलात्कारी !, मन्त्री शाहीलाई बलात्कारको आरोप

कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नै बलात्कारी !, मन्त्री शाहीलाई बलात्कारको आरोप

images

इच्छाकामना न्युज

६, भाद्र २०७८
कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नै बलात्कारी !, मन्त्री शाहीलाई बलात्कारको आरोप
images

कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बलात्कार आरोप लागेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो। 

भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन्। खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन्। 

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसद मात्रै थिए। प्रहरीसम्म यो घटना ढिलोगरी पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिन्छ। कानुन व्यवसायीसँग छलफल गर्न पठाएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ। 

पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवले भने छलफलका लागि भन्दै राति ९ गतेतिर गाडीमा राखेर मन्त्रीका अंकलका छोराले लगेका थिए।  उनीहरु छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए। फर्केर आउदा भेरीको पुलमा विवाद भयो।

उक्त विवाद पारिवारिक नै थियो। तर घटना विवरण अनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरु वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किनेक्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका श्रीमानलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्दार गरेको थियो। 

उनले श्रीमान सम्पर्कविहिन भएदेखि आफुले चार दिनदेखि खाना पनि नखाएको बताइन्। ‘मन्त्रीका स्वकीयले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्दार गरेको थाहा छ,’ उनले भनिन्, ‘त्यसयता श्रीमानको अत्तोपत्तो छैन्।’ उनले श्रीमान फेला नपर्दासम्म बलात्कारको विषयमा केही नबताउने बताइन्।

यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका आर्थिक हिनामिना गरेका कारण आफुले स्वकिय राख्नबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताए। उनले भने, 'यो बारम्बारको बार्गिनङ हो। उसँग दुई वर्ष अगाडि देखि बोलचाल बन्द छ। विभिन्न योजना हालिदिनका लागि बाराम्बार मलाई दबाब पनि दिएको छ।'

यता कृषि मन्त्रीका पूर्व स्वकिय कसैको सम्पर्कमा छैनन। उनी श्रीमतिको पनि सम्पर्कमा छैनन्। मन्त्रीकै आफन्तले पूर्व स्वकियई बेपत्ता बनाएको हुन सक्ने अनुमान गरिएको छ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - २१:२९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology