Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजको मौसमः देशभर मध्यम र बागमती सहित ३ वटा प्रदेशमा भारी वर्षा हुने

आजको मौसमः देशभर मध्यम र बागमती सहित ३ वटा प्रदेशमा भारी वर्षा हुने

images

इच्छाकामना न्युज

६, भाद्र २०७८
आजको मौसमः देशभर मध्यम र बागमती सहित ३ वटा प्रदेशमा भारी वर्षा हुने
images

काठमाडौं, ६ भदौं । आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। त्यस कारण मुलुकका अधिकांश स्थानमा हाल सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने हुँदा सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ, महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - ०७:५८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology