Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

अफगानिस्तानमा प्रेसलगायत सबै क्षेत्रमा दुर्व्यवहारका घटना बढेको प्रति अमेरिकाको चासो

अफगानिस्तानमा प्रेसलगायत सबै क्षेत्रमा दुर्व्यवहारका घटना बढेको प्रति अमेरिकाको चासो

images

एजेन्सी

६, भाद्र २०७८
अफगानिस्तानमा प्रेसलगायत सबै क्षेत्रमा दुर्व्यवहारका घटना बढेको प्रति अमेरिकाको चासो
images

तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ । तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीसँगको कुराकानीमा उल्लेख गरे ।

यस सम्बन्धभमा गरिएको प्रश्नमा प्राइसले भने, “हामी उनीहरूसँग हाम्रा मध्यस्थकर्तामार्फत् सबै स्तरमा छलफल अघि बढाउँदैछौं ।” यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेका बताएका थिए ।

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुब्र्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेना उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने बताएका छन् ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - ०७:४३:१४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology