Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज जनै पूर्णिमाः देशभरका हिन्दुधर्मावलम्वीहरुले जनै फेरेर मनाउदै, नेवार समुदायले पनि क्वाटी खाएर गुन्हु पुन्ही मनाउदै

आज जनै पूर्णिमाः देशभरका हिन्दुधर्मावलम्वीहरुले जनै फेरेर मनाउदै, नेवार समुदायले पनि क्वाटी खाएर गुन्हु पुन्ही मनाउदै

images

इच्छाकामना न्युज

६, भाद्र २०७८
आज जनै पूर्णिमाः देशभरका हिन्दुधर्मावलम्वीहरुले जनै फेरेर मनाउदै, नेवार समुदायले पनि क्वाटी खाएर गुन्हु पुन्ही मनाउदै
images

काठमाडौं । आज जनैपूर्णिमा तथा रक्षा बन्धन । हिन्दु धर्मावलम्बी तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ जनैपूर्णिमा मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । आजै रक्षाबन्धन पनि मनाइन्छ ।

आज हिन्दु धर्मावलम्बीहरुले पूरानो जनैको सट्टा नयाँ जनै फेर्ने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । आजै नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन समेत रहेको छ ।

जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्णु महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक आजको दिन मन्त्रणा गरिएको जनै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहीआएको छ ।

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ ।

तागाधारी जातिले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । नयाँ यज्ञोपवित (जनै) तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । यस पटक कोरोना महामारीको जोखिम कायमै रहेकाले मेला, महोत्सव जस्ता अधिक जमघट हुने कृयाकलापमा रोक लगाइएको छ भने, स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

यसैबीच, तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । पछिल्लो समय यो चलन मुलुकका पहाडी क्षेत्रमा पनि स्थान पाउँदै आएको छ ।

त्यसैगरी नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गर्दछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । बर्षायाममा खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाँदा शरीरमा उर्जा प्राप्त हुन्छ । यो पर्वलाई प्रकृतिसंग पनि सम्बन्धित भएकाले गुन्हु पुन्ही पर्वलाई प्रकृति पूजनमा आधारित पर्वका रुपमा पनि लिइन्छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - ०७:३८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology