Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

ट्रकको ठक्करबाट सर्लाहीको हरिवनमा मोटरसाइकल चालकको ज्यान गयो

ट्रकको ठक्करबाट सर्लाहीको हरिवनमा मोटरसाइकल चालकको ज्यान गयो

एसपी गौरब

५, भाद्र २०७८
ट्रकको ठक्करबाट सर्लाहीको हरिवनमा मोटरसाइकल चालकको ज्यान गयो

सर्लाही, ५ भदौ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा शनिवार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । हरिवन नगरपालिका १० सुखेपोखरी आँखा अस्पताल अगाडि भएको दुर्घटनामा हरिवन नगरपालिका–११, का अन्दाजी १८ वर्षीय जुमराती राईनको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

images

राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक अवधेश कुमार यादवले बताउनु भयो ।

शनिवार दिउँसो करिब ३ः२०  बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिएकोथियो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनु भयो । मृतक युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - २१:५०:०० बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology