Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अफगानिस्तानबाट नेपाल फिर्ता हुन चाहने जिल्लाबासीलाई सम्पर्कमा आउन जिप्रका सर्लाहीको आग्रह

अफगानिस्तानबाट नेपाल फिर्ता हुन चाहने जिल्लाबासीलाई सम्पर्कमा आउन जिप्रका सर्लाहीको आग्रह

एसपी गौरब

५, भाद्र २०७८
अफगानिस्तानबाट नेपाल फिर्ता हुन चाहने जिल्लाबासीलाई सम्पर्कमा आउन जिप्रका सर्लाहीको आग्रह

सर्लाही, ५ भदौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सर्लाही घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा सम्पर्कमा आउन आग्रह गरेको छ । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सर्लाही घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको हो ।

images

कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी  पोखरेलद्वारा जारी गरिएको सूचनामा ‘विभिन्न माध्यम प्रयोग गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको सुरक्षित उद्धार गर्न विवरण संकलन कार्य भइरहेकाले आफ्नो परिवारको कोही सदस्य अफगानिस्तानमा भए जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सम्पर्क गरी विवरण टिपाउन जिल्लावासीमा अनुरोध गरिएको छ ।

नेपाल सरकारले नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने निर्णय गरे अनुसारहरेक जिल्लाहरुले सुचना जारी गरि सम्पर्कमा आउन आग्रह गरी रहेका छन् । सोही क्रममा जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि सम्पर्कमा आउन आग्रह गरेको हो ।

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - २१:४७:०७ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology