Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

ट्याक्टर दुर्घटनामा परि तनहुँ भानुका एक जनाको ज्यान गयो

ट्याक्टर दुर्घटनामा परि तनहुँ भानुका एक जनाको ज्यान गयो

images

इच्छाकामना न्युज

२२, कार्तिक २०७७
ट्याक्टर दुर्घटनामा परि तनहुँ भानुका एक जनाको ज्यान गयो
images

भानु, २२ कार्तिक
 ट्याक्टर दुर्घटनामा परि तनहुँको भानुमा एक जनाको ज्यान गएको छ। 
भानु नगरपालिकाको वडा न ९ बडहरेमा ना ६ त ६४६१ न को ट्याक्टरमा आफ्नो खेतबाट धान काटेर घर फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरमा सवार भानु नगरपालिका वडा न ९ का ५४ वर्षिय कृष्ण बहादुर गुरुङको मृत्यु भएको हो। शुक्रबार साझ भएको दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि साँझ ७ः२५ बजे डुम्रे स्थित लक्ष्मी अस्पताल ल्याइएको थियो। साझ ७ः४० बजे उनलाई मृत घोषित गरिएको थियो। 
इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुसाल का अनुसार उक्त ट्याक्टर र सवारी धनी नारायण थापा लाई प्रहरी नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेको र खोजी कार्य भइरहेको छ।शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दमौलीमा लगिएको छ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - ०९:२१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology