Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सर्लाहीको काँटाका अई ठाकुरको असुली धन्दा, बाबाको चुहा देखि काँटामा बढी लोड सममको कमिसन 

सर्लाहीको काँटाका अई ठाकुरको असुली धन्दा, बाबाको चुहा देखि काँटामा बढी लोड सममको कमिसन 

images

इच्छाकामना न्युज

४, भाद्र २०७८
सर्लाहीको काँटाका अई ठाकुरको असुली धन्दा, बाबाको चुहा देखि काँटामा बढी लोड सममको कमिसन 
images

सर्लाही, ४ भदौ । प्रदेश नम्बर २ मा सञ्चालीत मालबाहक सवारी साधनहरुको लोड क्षमता तौल गर्ने मेसिन सर्लाहीको हरिवन नगरपालिका १० नयाँ रोडमा मात्र रहेको छ । जहाँ ट्राफिक प्रहरीको अस्थायी चेक पोष्ट समेत रहेको छ । 

प्रदेश २ मा ८ जिल्ला रहेका भएपनि अरु जिल्लामा मालबाहक सवारी साधनहरुको लोड क्षमता तौल गर्ने मेसिन नहुँदा हरेक ट्राफिक प्रहरीको नजर सोही काँटामा मात्र पुग्ने गरेको छ । मासिक रु १ लाख ५० हजार सम्म कमाउन पाउने आशमा रहेका ट्राफिक प्रहरी कर्माचारीहरु काँटामा आफ्नो डिउटी मिलाउन कार्यालय प्रमुखलाई जे गर्नु परेपनि गर्न तयार हुन्छन् ।

तिनी मध्यका एक हुन ट्राफिक प्रहरी असई शैलेन्द्र ठाकुर, उनि प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश २ पथलैया बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले पठाएको भन्दै असुलीमा लागेका छन् । उनले मालबाहक सवारी साधनहरुको लोड क्षमता तौल गर्ने काँटाबाट बढी लोड लिएर आएका सवारी साधनहरुलाई कार्बाही नगरि कमिसन लिएर छाड्ने गरेका छन् ।

त्यसैगरी टिपरवालाहरुसंग,ठेकेदारहरुसंग, ट्याक्टरहरुसंग, बाबाको चुहा, विभिन्न केमिकल बोकेर आउने सवारी साधनहरुबाट उनले मासिक कमिसन उठाउने गरेको पाइएको छ । आफुलाई प्रदेशका हाकिमले पठाएको घमण्ड गर्दै असई ठाकुरले चर्को कमिसन उठाएका पाइएको छ ।

आखिर कतिदिन सम्म चल्छ ट्राफिक प्रहरीको असुली धन्दा र हैरान हुने हामी’ कमिसन नदिने यातायात व्यावसायीहरुको गुनासो छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - ०९:४८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology