Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

images

इच्छाकामना न्युज

४, भाद्र २०७८
युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
images

काठमाडौं, ४ भदौ । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । 

फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पु¥याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो । 

प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहनु भएको थियो । 

first.jpgप्रतियोगितामा विवेक श्रेष्ठले खिचेको प्रथम भएको तस्विर

कार्यक्रममा माउन्टेन फोटोग्राफिका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगीता बाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतलाई महत्वपुर्ण सहयोग पुग्ने बताउनु भयो । अघिल्लो वर्ष फोटोपसलले कोभिड १९ फोटो प्रतियोगीता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो । 

फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरकार सम्मान र फोटोको मुल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निशुल्क तालिमको व्यवस्था गरेको छ । प्रतियोगीताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले संचालन गर्नुभएको थियो । 

नोट ः विजेता घोषित भएका विवेक श्रेष्ठको प्रतियोगीतमा उत्कृष्ट भएको फोटो साथमा पठाइएको छ । 

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - ०९:२४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology