Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा घ्याल्चोक नजिकै त्रिशूली नदी किनारमा बालकको शव फेला, पहिचान हुन बाँकी

गोरखा घ्याल्चोक नजिकै त्रिशूली नदी किनारमा बालकको शव फेला, पहिचान हुन बाँकी

images

इच्छाकामना न्युज

३, भाद्र २०७८
गोरखा घ्याल्चोक नजिकै त्रिशूली नदी किनारमा बालकको शव फेला, पहिचान हुन बाँकी
images

घ्याल्चोक, ३ भदौ । त्रिशूली नदी किनारमा  बालकको शव फेला परेको छ । आज दिउँसो ३ः५० बजेको समयमा गोरखाको गण्डकी गाउँपालिका वडा नं. ८ घ्याल्चोक स्थित त्रिशूली नदीको किनारमा नाम थर र वतन नखुलेको अन्दाजी बर्ष ३र ४ को जस्तो देखिने  बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाकाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार माछा मार्न आउने स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि प्रहरी चौकी घ्याल्चोकबाट घटनास्थल सुरक्षार्थ प्रहरी टोली पुगेका थिए ।

मृतक बालकले पहेँलोमा कालो धर्का भएको सुरुवाल लगाएको, कालो गन्जीमा सेतो लोगो भएको टिसर्ट लगाएको देखिएको, शवको अनुहार स्पष्टसंग नचिनिने, २र३ दिन अगाडीको जस्तो देखिएको प्रहरी नायव उपरिक्षक दाहालले बताउनुभयो । स्थानियहरुलाई बुझ्दा उक्त शव नजिकको वडा वरपर क्षेत्रको बालकको नभएको र कोही बालक हराएको जानकारी समेत नभएको बुझिएको छ।

बालकको सनाखतको लागि जिल्लाका विभिन्न स्थानहरुमा आफन्तको खोजी कार्य भई रहेको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय धादिङसंग समेत समन्वय भई रहेको र उक्त घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी अधिकृत सहितको अनुसन्धान टोली खटिई गएको उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - २१:१२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology