आँबुखैरेनी, ३ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका ४ पुलजीपबाट प्रहरीले १ किलो गाजा सहित धादिङका दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका ४ बस्ने २२ वर्षीय विकास अधिकारी र निलकण्ठ नगरपालिका १० बस्ने २० वर्षीय मनोज इटनी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
राजमार्गमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरुबाट गाजा बरामद गरेको हो। पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको छ ।