Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै 

तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै 

images

एजेन्सी

३, भाद्र २०७८
तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै 
images

अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ। तालिवानले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबान विरोधी प्रदर्शनलाई दमन गरेको बिबिसीले लखेको छ ।

तालिवानद्धारा कैयौँ मानिसहरूलाई गोली हानेको र केहीको निधन भएको समेत बताइएको छ। कुनार प्रान्तमा पनि तीनजना बालकलाई गोली हानेर घाइते बनाएको विवरण आएको काबुलस्थित बीबीसी संवाददाताले बताएको बिबिसीले उल्लेख गरेको छ । 

त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूहरूले गस्ती गरिरहेका छन्।सडकमा महिलाको उपस्थिती कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम रहेको र तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानीहरूलाई रोकिरहेको बिबिसीले उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ३, २०७८ बिहिवार - ०८:५९:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology