चितवन, ३२ श्रावण ।
जिल्ला अदालत चितवनले सुजिता भण्डारी मृत्यु प्रकरणका आरोपीलाई कारागार चलान गरेको छ । राप्ती नगरपालिकाकी सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी सुकदेव भण्डारीले ५० हजार जरिवाना बुझाउन नसकेपछि आज कारागार चलान भएका हुन् ।
जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारीको ईजलासले थुनछेक बसपछि निजलाई ५० हजार धरौटी माग गरेको अदालतका श्रेस्तेदार किशोर आचार्यले जानकारी दिनुभयो । मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो । आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिनुभएको थियो ।