Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

images

इच्छाकामना न्युज

३२, श्रावण २०७८
कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ
images

काठमाण्डौं, ३२ श्रावण ।
विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेप्लाञ्चोक महाभारत गाउँपालिका – १ घर भएका २८ वर्षीय मिनध्वज नाम गरेका विचारमान मोक्तानलाई ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 
उनलाई काभ्रेपलाञ्चोककै प्रेमबहादुर तामाङसहित ६ जनालाई कम्बोडिया पठाएर त्यहाँ क्यासिनोमा गार्डको काम लगाइदिने भन्दै प्रत्येकबाट ६ लाख पचास हजार रुपैयाँ  लिएर सम्पर्क विहीन भएको आरोप लागेको प्रहरीले जनाएको छ । 
पीडितहरुको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले महानगरीय अपराध महाशाखामा पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि सोमबार बानेश्वरबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मोक्तानलाई अहिले थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - २०:२२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology