गोरखा, ३२ श्रावण ।
आज सोमबार गोरखाको विभिन्न स्थानिय तहमा १ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका, गोरखा अस्पताल, आरुघाट, भिमसेन थापा, अजिरकोट र सिरानचोक गाउँपालिमा सोमबार १२६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी जनाएको छ।
पीसीआर परिक्षणको क्रममा ४७ जना महिला र ४२ जना पुरुष गरी ८९ जना र एन्टिजेन परिक्षणको क्रममा २२ जना महिला र १५ जना पुरुष गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयबाट आज प्राप्त १८१ जना पुरुष र १४८ जना महिलाको पीसीआर नतिजा मध्ये ४७ जना महिला र ४२ जना पुरुषमा संक्रमण देखिएको हो ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार पीसीआर तर्फ गोरखा नगरपालिकामा १३ जना महिला र १४ जना पुरुष, आरुघाट गाउँपालिकामा १७ जना महिला र १९ जना पुरुषका साथै सिरानचोक गाउँपालिमा १७ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी आजै कार्यालयले विभिन्न स्थानिय तहमा ६० जना महिला र ४७ जना पुरुषको एन्टिजेन परिक्षण गर्दा २२ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको छ ।
जस अन्तरर्गत गोरखा अस्पतालमा ६ जना महिला र २ जना पुरुष, आरुघाट र सिराचोक गाउँपालिकामा क्रमश।२ जना र १ जना महिला, भिमसेन थापा गाउँपालिकामा ७ जना महिला र ३ जना पुरुष तथा अजिरकोट गाउँपालिकामा ६ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको छ ।
सोमबार सम्म जिल्लाको ११ स्थानिय तहमा गरी ५६७ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।