Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रशिक्षण र पूर्वाधारको अभावमा नेपालको ओलम्पिक यात्रा औपचारिकतामा सीमित 

प्रशिक्षण र पूर्वाधारको अभावमा नेपालको ओलम्पिक यात्रा औपचारिकतामा सीमित 

images

सिआईएन

३२, श्रावण २०७८
प्रशिक्षण र पूर्वाधारको अभावमा नेपालको ओलम्पिक यात्रा औपचारिकतामा सीमित 
images

स्नेहा कर्ण, काठमाडौँ, ३२ साउन । ओलम्पिकमा सहभागिता जनाउन थालेको ५६ वर्षसम्म पनि नेपालले कुनै पदक हात पार्न सकेको छैन । अहिलेसम्म नेपालको ओलम्पिक यात्रा प्रतिष्ठा र इतिहासमै सिमित भएको छ  ।

खेलाडीलाई चाहिने प्रशिक्षण र पूर्वाधार नहुँदा नेपालले ओलम्पिकमा कुनै पदक जित्न नसकेको खेल क्षेत्रका जानकार बताउँछन् । ३२ औँ गुष्मकालीन ओलम्पिकमा सहभागी भएर फर्कनुभएका सोनिया भट्ट कास्य पदक ल्याउने अपेक्षासहित ओलम्पिकमा सहभागी हुनुभयो । तर पहिलो चरणकै खेलमा पराजित भएपछि खालि हात र्फकनुपरेकोमा निराश भएको बताउनुहुन्छ ।

सुटिङ्गतर्फ टोकियो ओलम्किपमा भाग लिनुभएका कल्पना परियार आफ्नो वरियता सुधार भए पनि पदक जित्न नसकेको बताउनुहुन्छ । सन् १९६४ को टोकियोमा भएको १८ औं ओलिम्पिकमा नेपालले पहिलो पटक भाग लिएको थियो । जसमा ६ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सन् १९८८ को ओलम्पिकमा नेपालले भाग लिए पनि प्रदर्शनमा सुधार हुन सकेन । त्यसबेलामा भारत्तोलनमा प्रतिस्पर्धा गर्नुभएका सुरेन्द्र हमाल प्रर्याप्त प्रशिक्षण नभएका कारण प्रदर्शन राम्रो हुन नसकेको बताउनुहुन्छ ।

नेपालले ओलम्पिकमा विशेषगरी तेक्वान्दो र एथलेटिक्समा पदकको अपेक्षासहित सहभागिता जनाउने गरेको छ । तर खेलाडीलाई चाहिने प्रशिक्षण र पूर्वाधार नहुँदा नेपालले ओलम्पिकमा कुनैपदक जित्न नसकेको तेक्वान्दोबाट १९८८ को ओलम्पिकमा भाग लिनुभएका दीपक विष्टको भनाइ छ ।

सरकारले खेल क्षेत्रका लागि वार्षिक औसतमा ३ अर्ब बजेट छुट्याउने गरेको भए पनि चालु आर्थिक वर्षमा २ अर्ब ७४ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।  खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमल प्रसाद पोखरेल भने खेल क्षेत्रमा प्रर्याप्त बजेट नभएका कारण अझै विभिन्न कमिकमजोरी देखिएको बताउनुहुन्छ ।

सन् १९८८ मा ओलिम्पिकमा पहिलो पटक प्रदर्शनी खेलको रुपमा तेक्वान्दोबाट नेपालका विधान लामाले काश्य पदक जित्नुभयो । तर, त्यो पदकको गणना भएन ।

हरेक सरकारले खेलकुदको विकासका लागि विशेष अभियान चलाउने घोषणा गर्छन्, तर कार्यान्वयनका लागि आर्थिक तथा नीतिगत रूपमा अघि नबढ्दा ओलम्पिकमा नेपालको सहभागिता पदकभन्दा पनि खेलाडीको प्रदर्शन सुधारमै चित्त बुझाउनुपर्ने अवस्था छ । 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०९:१९:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology