राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा तालिबानले आफ्नो विजय भएको दाबी गरेको छ । अफगानिस्तानमा सरकार ढलेको छ भने राष्ट्रपति अशरफ घानी देश छाडेर ताजिकिस्तान जानुभएको छ ।
तालिवानका एक प्रवक्ताले सञ्चारमाध्यम सँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएको बीबीसीले लेखेको छ । तालिवानका प्रवक्ताले जनताले स्वतन्त्रता पाएको बताएका छन् ।