Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठ चोरी र वन सम्बन्धी दुई फरक मुद्दामा २४ वर्षदेखि फरार आँबुखैरेनी ४ का नन्द बहादुर गुरुङ पक्राउ

काठ चोरी र वन सम्बन्धी दुई फरक मुद्दामा २४ वर्षदेखि फरार आँबुखैरेनी ४ का नन्द बहादुर गुरुङ पक्राउ

लागुऔषध मुद्दामा दुई वर्षदेखि फरार आँबुखैरेनी ४ कै राजु आले पनि पक्राउ

images

इच्छाकामना न्युज

३१, श्रावण २०७८
काठ चोरी र वन सम्बन्धी दुई फरक मुद्दामा २४ वर्षदेखि फरार आँबुखैरेनी ४ का नन्द बहादुर गुरुङ पक्राउ
images

आँबुखैरेनी, ३१ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले काठ चोरी र वन सम्बन्धि दुई फरक मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई २४ वर्षपछि पक्राउ गरेको छ। प्रहरीले सो मुद्दामा अदालतले सजाय फैसला गरेपछि फरार रहेका तनहुँ आँबुखैरेनी गाउँपालिका ४ आमडाँडाबेसी बस्ने ५८ वर्षीय नन्दबहादुर गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार निजविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०५४ पुस २४ गते र विसं २०७० भदौ १९ गते एक वर्ष एक महिना कैद र रु ४७ हजार छ सय पाँच जरीवानाको फैसला सुनाएको थियो । निज अभियुक्त गुरुङ वि.सं. २०५४ पुस २४ गतेदेखि फरार सूचीमा थिए। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी प्रहरीले लागुऔषध मुद्दामा दुई वर्षदेखि फरार रहेका आँबुखैरेनी गाउँपालिका ४ अश्राङ बस्ने २९ वर्षीय राजु आले पनि पक्राउ गरेको छ। निजलाई जिल्ला अदालत तनहुँले विसं २०७६ जेठ २६ गते ९ महिना २५ दिन कैद र रु पाँच हजार जरीवानाको फैसला सुनाएको थियो । उनलाई पनि आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको प्रहरीले जनाएको छ ।

सच्याईएकोः उल्लेखित समाचारमा अभियुक्त नन्द बहादुर गुरुङको ठेगाना आँबुखैरेनी गाउँपालिका ४ आमडाँडाबेसी हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। सं.

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - २०:२६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology