Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पूर्वि चितवनको खैरहनी स्थित कंकाली जंगलमा फेरि भेटियो हाडखोरमात्र रहेको शव

पूर्वि चितवनको खैरहनी स्थित कंकाली जंगलमा फेरि भेटियो हाडखोरमात्र रहेको शव

images

इच्छाकामना न्युज

३०, श्रावण २०७८
पूर्वि चितवनको खैरहनी स्थित कंकाली जंगलमा फेरि भेटियो हाडखोरमात्र रहेको शव
images

चितवन, ३० साउन । चितवनको खैरहनी नगरपालिका–१३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मानिसको हाडखोर फेला परेको छ । आज शनिबार उक्त वनको इचर्नी पोष्ट नजिक कट्टु र हड्डीका दुई वटा टुक्रा भेटिएको हो ।

वनका अध्यक्ष गणेश श्रेष्ठका अनुसार उक्त शव खैरहनी १३ का ६६ वर्षीय भदै महतोको भएको खुलेको छ । महतो ६ दिन देखि बेपत्ता थिए । महतो साउन २५ गते घाँस काट्न वन गएका थिए ।

निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको टोलीसहित हात्ती परिचालन गरेर महतोको खोजी भइरहेको थियो । खोजी गर्ने क्रममा हिजो शुक्रबार इचर्नी पोष्ट नजिकै महतोको टोपी र चप्पल भेटिएको थियो । परिवारजनले कट्टु, चप्पल र टोपीका आधारमा महतोको शव हो भनि पहिचान गरेका छन् ।

महतोलाई बाघले आक्रमण गरी मारेको हुन सक्ने अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीले घटनाबारे थप अनुसन्धान भै रहेको बताउँदै फेला परेका हड्डीका टुक्रा डिएनए परीक्षणका लागि पठाइएको जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १९:५०:३३ बजे
  • सम्बन्धित विषय:

  • # शव

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology