Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कोरोना भाइरसका कारण गोरखामा देउसी भैलो खेल्न प्रतिबन्ध

कोरोना भाइरसका कारण गोरखामा देउसी भैलो खेल्न प्रतिबन्ध

images

इच्छाकामना न्युज

२१, कार्तिक २०७७
कोरोना भाइरसका कारण गोरखामा देउसी भैलो खेल्न प्रतिबन्ध
images

गोरखा, २१ कार्तिक
 कोरोना भाइरस (कोभिड–१९)का कारण यस बर्ष गोरखामा देउसी भैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।देउसी भैलो जस्ता कार्यक्रमले भिडभाड तथा जमघट हुदा संक्रमण बढ्न सक्ने भन्दै प्रशासनले प्रतिबन्ध लगाएको हो ।जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गर्दै ‘कोरोना संक्रमण नियन्त्रण, रोकथाम, तथा जोखिम न्युनीकरणमा आबश्यक सहयोग तथा सहजीकरण गरिदिन’ समेत जिल्लामा क्रियाशिल राजनीतिक दल, स्थानीय तह, सामजिक संघसंस्थ लगायतलाई अनुरोध गरिएको छ ।त्यस्तै जिल्ला भित्र कुनै प्रकारको मेला आयोजना नगर्न, भीडभाड नगर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न, अनिबार्य मास्क लगायर मात्र बाहिर निस्कन समेत प्रशासनले अपिल गरेको छ ।सूचनामा तिहारको बेला भुइचम्पा, पटका तथा अतिशबाजी जस्ता बिस्पोटक पर्दाथको आयात गर्ने, भण्डारण गर्ने, बिक्रि बितरण गर्ने र पड्काउने लगायतका कार्यबाट जनस्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने तथा आगजनीबाट जनधनको क्षति हुनसक्ने भन्दै त्यस्ता पर्दाथ आयात, भण्डारण, बिक्रिबितरण तथा प्रयोग नगर्न नगराउन समेत भनिएको छ ।सूचनाको अवज्ञा गरे गराएर त्यस्ता कार्य गरेको खण्डमा स्थानीय प्रसासन ऐन २०२८ बमोजिम कारवाही गरिने समेत भनिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - १९:२४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology