Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?

दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?

इच्छाकामना न्युज

१५, आश्विन २०७७
दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?
images

कोरोना भय र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम गर्ने कि ? बगैंचामा रमाउने ? बालबच्चासँग खेल्ने ? विकल्प अनेक हुनसक्थ्यो । तर, सधैभरी मुड हुँदैन । यस्तो अवस्थामा समय कटाउने बाहाना बन्छ, बेपर्वाह सुत्ने ।

images
images

त्यसो त कतिपय सुत्न रुचाउने नै हुन्छन् । फुर्सद पाउनसाथ मस्त निदाउँछन् । उनीहरुका लागि लकडाउनमा समय कटाउन अरु के गर्नुप¥यो ? मस्त सुते भयो ।

फुर्सदको बेला वा कामधन्दा नभएको बखत मात्र होइन, व्यस्त समयमा पनि कतिपय दिँउसै सुत्ने गर्छन् । दिँउसो सुत्ने बानी हुन्छ । खासगरी बिहानको खाना खाइसकेपछि उनीहरु ओछ्यानमा पस्छन् ।

यस्तो बानी भएका मानिसहरुलाई दिँउसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ । दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन् ।

त्यस्तै दिँउसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ ।

सामान्य अनुमान गर्न सकिन्छ, दिँउसो सुत्नु उचित होइन । एक त यो हाम्रो शरीरको जैविक घडी विपरित काम भयो, अर्को चाहिँ आफ्नो कामधन्दामा असर गर्ने भयो । किनभने दिँउसोको समयमा नै हामी अधिकांशले आफ्नो काम व्यवहार पुरा गर्छौं । त्यसैले दिँउसो सुत्ने बानीले गर्दा आफ्नो नियमित काममा अवरोध पुग्छ । कतिपय महत्वपूर्ण कामहरुमा पनि यसले असर गर्न सक्छ ।

महत्वपूर्ण कुरा त के भने हाम्रो शरीरको सुत्ने र उठ्ने निश्चित तालिका हुन्छ, जसलाई जैविक घडी भनिन्छ । प्रकृतिसँगै शरीरको तालमेल मिलाउँदै सुत्ने, उठ्ने, खाने, बस्ने प्रक्रियालाई यसले व्यवस्थित गर्छ । यस हिसाबले जब सूर्योअस्त हुन्छ वा रात पर्छ तब हाम्रो शरीरले विश्राम खोज्छ । शरीरको प्राकृतिक आवश्यक्ता अनुसार राती मात्र सुत्नुपर्छ । अतः यस बखत हामीलाई ७ देखि ८ घण्टासम्मको गहिरो निद्रा जरुरी हुन्छ ।

दिँउसो सुत्ने बानीले हाम्रो शरीरको आफ्नो प्रक्रियालाई क्रमभंग गर्छ । सुत्ने, उठ्ने, खाने, बस्ने तालिका गडबड बनाइदिन सक्छ । जब हाम्रो दिनचर्या असन्तुलित हुनपुग्छ, शरीरिक समस्याहरु सुरु हुन्छ ।

हामीले खाएको खाना पचाउनका लागि पनि शारीरिक श्रमको जरुरत हुन्छ, जुन हामी दिँउसोको समयमा वा उठेको बखत पुरा गर्छौं । दिँउसो खाना खाएर सुतेपछि हाम्रो शरीरले समूचित श्रम गर्न पाउँदैन । यसले पाचन यन्त्रदेखि अन्य अंगहरुलाई शिथिल र निस्क्रिय बनाउँछ ।

यद्यपि कतिपयको बाध्यता हुन्छ रातको समयमा काम गर्नुपर्ने । उनीहरुले दिँउसोको समय सुत्नैपर्ने हुन्छ । त्यसैगरी अन्य कामधन्दा पुरा गरिसकेपछिको फुर्सदिलो समय कटाउन पनि कतिपयको लागि राम्रो विकल्प बन्छ, सुत्नु । दिँउसोको सुताईबाट केही आशिंक लाभ भने प्राप्त गर्न सकिने बताइन्छ ।

कतिपय मुलुकमा कार्यथलोमा नै दिँउसोको समयमा सुत्न दिइने व्यवस्था छ । यद्यपि यो सुताई क्षणिक एवं निश्चित समयको लागि हुन्छ । यसरी सुत्दा शरीरलाई पूर्ण विश्राम मिल्ने र त्यसले अनेक फाइदा गर्ने विभिन्न शोधमा उल्लेख छ ।

खासगरी कामको थकान मेट्न यसरी सुत्नु राम्रो मानिन्छ । सुतेको बखत शरीरलाई राम्रो विश्राम पाउने भएकाले तनाव र थकान कम हुन्छ । मन शान्त हुन्छ र शरीरले आनन्दित महसुष गर्छ । त्यसैले निश्चित समयका लागि दिउँसो सुत्नुलाई हानिकारक मानिदैन ।

जो मानिस दिउँसोको समयमा १५–३० मिनेट निदाउँछन् उनीहरुको अल्छीपना टाढा हुन्छ । त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ ।

यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन । यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस् ।

मानिसलाई दिनमा कति निन्द्रा आवश्यक छ

आम रुपमा हरेक मानिसलाई एक दिनमा ७–८ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भन्ने गरिन्छ । तर, यसको लागि कुनै सामान्य नियम हुँदैन ।

साना बच्चाहरुलाई शारीरिक विकासको लागि दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरुको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ ।

यसैगरि १४ देखि १९ वर्षका किशोरहरुलाई ८ देखि १० घन्टा निदाउन राम्रो हुने चिकित्सकहरु बताउँछन् । वयष्क मानिसहरुको लागि ६ देखि ८ घन्टा सुत्नु राम्रो हुन्छ । ६ घन्टाभन्दा कम सुत्नाले भने स्वास्थ्यलाई असर गर्छ ।

त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको लािग सामान्य भन्दा धेरै घन्टा सुत्न आवश्यक हुन्छ । यो उमेरमा स्वास्थ्य सम्बन्धी कैयौं किसिमका समस्याहरु आउँछन् । थकान वा मानसिक तनावलाई टाढा गर्नको लागि १० देखि १२ घन्टा वा अझै यस भन्दा धेरै निदाउन सकिन्छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:१४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology