Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा बालबालिकाका लागि लगाउन मोर्डना खोप आउँदै

नेपालमा बालबालिकाका लागि लगाउन मोर्डना खोप आउँदै

images

इच्छाकामना न्युज

३०, श्रावण २०७८
नेपालमा बालबालिकाका लागि लगाउन मोर्डना खोप आउँदै
images

काठमाडौं, ३० साउन । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ ।

उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ ।विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो ।

यसरी सम्झौता गरेर खोप खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो र दक्षिण एसियाकै पहिलो देश हो । ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गाैरवान्वित भएको पनि बताउनुभएको छ । विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि यसैअघि नै १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ । गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - ०९:२१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology