घरेलु टिम इङ्ग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा खराब सुरुवात गरेको छ ।लर्ड्समा जारी टेस्टको दोस्रो दिनको खेल सकिदासम्म इङ्ग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ ।
दोस्रो दिनको खेल सकिदासम्म पहिलो इनिङ्समा इंग्ल्यान्ड २ सय ४६ रनले पछि रहेको छ । इङ्ग्ल्यान्डका कप्तान जोए रुट ४९ रनमा अविजित रहनुभएको । जोनी बेयर्स्टो ६ रनमा अविजित हुनुहुन्छ ।
यस्तै रोरी ब्रुन्स ४९ रनमा आउट हुनुभयाृ भने डम सिब्लीले ११ रन बनाउनुभयो ।भारतका मोहमद सिराजले २ तथा मोहमद शामीले १ विकेट लिनुभयो । यस अघि पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो ।
भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेल्नुभयो । रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट हुनुभयो । रविन्द्र जडेजाले ४० तथा ऋषव पन्तले ३७ रन बनाउनुभयो ।
इङ्ग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिनुभयो । मार्क उड र ओली रोबिनसनले समान दुई विकेट लिनुभयो । पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।