Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गयो 

सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गयो 

एसपी गौरब

२९, श्रावण २०७८
सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गयो 

सर्लाही, २९ साउन । पुर्व पश्चीम लोकमार्ग अन्तरर्गत सर्लाहीको नवलपुरमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा पुर्वबाट पश्चीम तर्फ गई रहेको ना ७ ख ८२९३ नम्बरको टिपरको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेका साईकल यात्री लालबन्दी नगरपालिका २ का वर्ष अन्दाजी ३५ का रामगणेश महतोको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

images

आज दिउँसो करिब ३ बजे साईकलमा घाँस लिएर  घरतर्फ जाँदै गरेका महतोलाई टिपर ठक्कर दिएको र उनको घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो करिब ३ बजे साईकल यात्रीलाई ठक्कर दिएको र  त्यसलगतै देखि पुर्व पश्चीम लोकमार्ग बेलुका करिब ६ः३० बजे सम्म अवरुद्ध रहेको छ । प्रहरीमाथी स्थानियले ढुंगामुढा प्रहार गरेपछी प्रहरीले ८ सेल अश्रुग्याँस समेत हानेको प्रहरीले जनाएको छ । 

236408803_170314011839814_786285232950098388_n.jpg

आक्रोसित स्थानियले घटनास्थलमा रहेको टिपरमा आगो लगाउन खोजेपछि रोक्ने क्रममा स्थानियको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका २ जना घाईते भएका छन । उनिहरुको अहीले स्थानिय स्वासथ्य संस्थामा उपचार भई रहेको छ । 

आक्रोसित स्थानियले ढुंगामुढा प्रहार गर्दा केही सवारी साधनमा क्षेती पुगेको छ भने पुर्व पश्चीम लोकमार्ग अन्र्तगत नवलपुर सडक खण्डमा स्थानियले टायर वालेर लोकमार्ग अवरुद्ध समेत पारेका थिए । 

लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष प्रहरी नायव उपरिक्षक शसस्त्र प्रहरी नायव उपरिक्षक र पीडित पक्षवीच उचित क्षेतीपुर्ती र पिडकलाई कडा कानुनी कार्बाही गर्ने सहमतीपछि  प्रहरीले शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएको जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - २०:२६:०५ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology