Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गुणस्तरीय मास्क मात्र प्रयोग गर्न विज्ञको सुझाव 

गुणस्तरीय मास्क मात्र प्रयोग गर्न विज्ञको सुझाव 

images

इच्छाकामना न्युज

२९, श्रावण २०७८
गुणस्तरीय मास्क मात्र प्रयोग गर्न विज्ञको सुझाव 
images

सजना तिमल्सिना, काठमाडौँ, २९ साउन । कोरोना सङक्रमणबाट बच्न गुणस्तरीय मास्कको प्रयोग गनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । मापदण्ड नै पूरा नगरेका कतिपय मास्कले धुलो समेत नछेक्ने हुँदा मास्क प्रयोगमा ध्यान दिनुपर्ने चिकित्सकको जोड छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतमा सरकारले निजी क्षेत्रलाई मास्क उत्पादन गर्न भनेको थियो । त्यसपछि बजारमा विभिन्न प्रकारका मास्क आएका छन् । ललितपुर कुसुन्तीका मँैया लामिछानेले नाकदेखि चिउडोसम्मै छोपिने गरी मास्क लगाउनुहुन्छ ।

अरु मास्कभन्दा एन ९५ मास्क नै प्रभावकारी भएको हुनाले आफूले सोही मास्क मात्र लगाउने गरेको लामिछानेले बताउनुभयो । कोरोना महामारीअघि धुवाँ र धुलोबाट जोगिन मात्र केही व्यक्तिले मास्क लगाउने गर्थे । तर अहिले छिटपुटबाहेक प्रायः सबैले मास्क अनिवार्य लगाउँछन् ।

मास्कले धुलोबाट मात्रै होइन, कोरोना सङ्क्रमणबाट पनि बचाउने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । उहाँले बजारमा अनेकौँ मास्क आएको हुनाले गुणस्तरीय मास्क मात्र प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उद्योग विभागका अनुसार मास्क मात्रै उत्पादन गर्ने उदेश्यले हालसम्म एउटा मात्रै उद्योग रुपन्देहीमा दर्ता भएको छ ।  यो उद्योगले वार्षिक ३ करोड एन ९५ र ५ करोड सर्जिकल मास्क उत्पादन गर्छ ।

मास्कसँगै विभिन्न स्वास्थ्य सामग्री उत्पादन गर्ने अरु तीनवटा उद्योग, विभागमा दर्ता भएका छन् । तर ती उद्योगले कस्ता मास्क उत्पादन गरिरहेका छन्, कुनै निकायले अनुगमन भने गरेको छैन ।

निश्चित कम्पनीले मात्र नभएर जभाभावी रूपमा उत्पादन भएको हुनाले पनि अनुगमनमा समस्या भएको विभागका महानिर्देशक जीवलाल भुसालले सीआईएनलाई बताउनुभयो । कोरोना सङ्क्रमण बढ्दै जाँदा बजारमा विभिन्न प्रकारमा मास्क आएका छन् ।

तर त्यसरी बजारमा आएका सबै मास्क लगाउन योग्य नहुने डाक्टर प्रकाश दङ्गालको भनाइ छ । कोरोना अघि दैनिक एक लाख मास्क उत्पादन र खपत हुदै आएकोमा कोरोना महामारी सुरु भएपछि दैनिक १ करोड सम्म उत्पादन र खपत हुदैँ आएको छ । 

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - ०९:३५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology